नेपालका ७५ जिल्ला मध्येको एक पूर्वी पहाडी जिल्ला, जनकपुर अञ्चलको एक भाग जसको सदरमुकाम चरिकोट हो । यसको छेत्रफल २,१९१ वर्ग मि. छ ।
नामाकरण
प्राचीन समयमा मुसलमानहरुको अत्याचारमा परी भारतवर्षवाट भागेर आएका एक जोगी गौरीशंकर हिमालको काखमा एउटा गुफाभित्र कसैले नदेख्ने गरी तपस्या गर्न थाले । उनको तपस्याबाट खुसी भएर भगवान शिवजीले त्यस जोगीलाई बरदान दिए । शिवजीको वरदान पाएर खुसी भएका जोगी एकवाजी सवैतिर चक्कर लगाएर आउँछु भनि हिँडे । उनी जति घुमेपिन त्यही ठाउँमा पुग्दथे । एवं रीतले दुई लाख पटक चक्कर मार्दा पनि कहि पुग्न सकिन भनेर पहिले आफूले तपस्या गरेको गुफामा आई वस्न थालेछन् । यसरी दुई लाख पटक घुम्दा पनि त्यहि स्थानमा आएकाले सो स्थानलाई दो+लाख बाट अपभ्रंस हुदै दोलखा नाम रहेको जनश्रुति पाइन्छ ।
वि.सं. सातौं शताब्दीमा भारतको विहार लगायत उत्तरी क्षेत्रको तिब्बतसँगको व्यापार दोलखाको बाटोवाट हुने गर्दथे । यो मार्ग खुलेपिछ दोलखालाई "वनगढ" को रुपमा विकसित गरियो । उक्त वनगढमा काठमाडौं उपत्यकाबाट ७०० नेवार परिवार झिकाई त्यस ठाउँमा वसाइयो । भनिन्छ त्यस वेला यस वनगढको कुथरे अधिकरणबाट वार्षिक २ लाख प्राप्त हुने भएकोले यसको नाम दुइलाखा रहन गई पछि दोलाखा हुँदै दोलखा रहन गयो भन्ने भनाई पनि छ । कुथुरे अड्डा संभवत हालको नागदह नजिकको कुर्थेवेसी वा कुथलीमा रहेको थियो । कुथुरे भनेको लिच्छवी कालमा कर उठाउने अड्डाको नाम थियो ।
तिब्बती भाषा अनुसार "दो" को अर्थ ढुङ्गा र "ल" को अर्थ मन्दिर र "खा"को अर्थ घर भएकोले यस जिल्लामा प्रशस्त मात्रामा ढुङ्काबाट बनाईएको मन्दिर र घरहरु भएकोले दोलखा नामाकरण भएको हो भन्नेहरु पनि छन।
जिल्लाको ईतिहास
दोलखा करिव ५०० बर्ष स्वतन्त्र राज्यको रुपमा रहेको पाइन्छ । लिच्छवी शासन अन्तर्गत आउनु अघि दोलखा ूकिरांत राज्यू को खुम्बुआन क्षेत्र अन्तर्गत पर्दथ्यो । खुम्बुआन सुनकोशी भेगदेखि दुधकोशी भेगसम्मको क्षेत्र थियो र यसलाई माझकिरात वा राईकिराँत समेत भन्ने गरिन्थ्यो । किराँत अन्तर्गतको प्राचीन दोलखा हालको किराँतीछाप इलाका थियो ।
दोलखाको ऐतिहासिक पृष्ठभूमि बारे प्रसिद्ध इतिहासकार बाबुराम आचार्यले उल्लेख गर्नु भएको छ "दोलखानिर 'किराँती छाप" भन्ने ठाउँका खण्डहरुमा पछिल्ला लिच्छविकालका कुटिल लिपिको शिलालेख छ । यस कारण साँतौ शताब्दिमा तिब्बतबाट हिमालय छिचोली कुतीमा झर्ने बाटो खुलेपिछ तामाकोशीका किनारबाट सिन्धुली उत्रेर उत्तर भारतका मैदानमा झर्ने वाणिज्य मार्ग खुल्दा काठमाडौं उपत्यकाका मानिसहरु गएर दोलखामा उपनिवेश स्थापना गरेका र किरातछापमा रहेको पुरानो दोलखाको वस्ती सन् चौधौं शताब्दिमा समसुद्दिनको आक्रमणबाट ध्वस्त भई अचेलको दोलखा बसेपिछ भीमेश्वरको स्थापना भएको अनुमान हुन्छ । "दोलखाको इतिहास नगासिए काठमाडौं उपत्यकाको मल्लकालको इतिहास अंगहीन हुन्छ ।"
काठमाडौंमा यक्ष मल्ल राजा भएताका दोलखामा कीर्तिसिंह सामन्ती शासकका रुपमा थिए । वि.सं. १५३१ सम्म शासन गरी कीर्तिसिहको निधन भएपछि उनका छोरा उद्धवदेव १४ वर्षको उमेरमा दोलखाका राजा भए ।त्यसबेला उद्धवदेवले आफ्नो नामको अगाडि "दोलखाधिपती" लेख्ने गरेका थिए जसबाट दोलखा एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो भन्ने कुराको पुष्टि हुन्छ ।
वि.सं.१५६८ को अभिलेखमा उल्लेख भएअनुसार उद्धवदेव पछि नन्ददेव दोलखाका राजा भएका थिए भने त्यसपछि उध्दवदेव राजा भएको कुरा वि.सं. १५७७ को अभिलेखमा पाउन सकिन्छ । उध्दवदेवले दोलखाको राजनैतिक एवं सांस्कृतिक अवस्था मजबुत तुल्याएका थिए । त्यसपछि दोलखामा गोविन्द सिंहले शासन गरे र १५९१ मा उनको पनि मृत्यु भयो । इन्द्रिसंह दोलखाका राजा भएपछि काठमाडौं उपत्यकाका राजाहरुसँग राम्रो मैत्री सम्बन्ध स्थापना भयो । दोलखामा सवैभन्दा पहिला चाँदीको मोहरमा आफ्नो नामको टक छापी प्रचलनमा ल्याउने राजा इन्द्रिसंह नै हुन् । उनले आफूलाई "राजाधिराज" समेत घोषणा गरेका थिए । यिनैको शासनकालमा दोलखा राज्यको नाम राखिएको थियो । वि.सं. १६०५ को माघ महिनामा उनको पनि मृत्यु भयो । तत्पश्चात नारायणिसंह दोलखाको राजगद्दीमा विराजमान भए । नारायणिसंह राजा भएतापनि त्यसबेला जयनारायणले शासन चलाएका थिए । त्यसपिछ वि.सं. १६४२ मा भीष्मदेव दोलखाका राजा भए । दोलखा तथा उपत्यकाका राजाहरु बीचमा राम्रो सम्बन्ध भएतापनि त्यसवखतका कान्तिपुरका राजा शिविसंहले वि.सं. १६५५ मा ललितपुर माथि आक्रमण गरे र त्यसलाई आफ्नो कब्जामा लिए । त्यसपछि वि.सं. १६५५ मा नै उनले स्वतन्त्र रुपमा रहेको दोलखामा पनि आक्रमण गरी तत्कालिन राजा भिष्मदेवलाई परास्त गरी आफ्नो अधिनमा लिई दोलखामा ठकुराई राजप्रशासन चलाए । ठकुराई कै क्रममा दोलखाका अन्तिम ठाकुर महिन्द्र सिंहले दोलखाको कार्यभार आफ्ना उत्तराधिकारी छोरा नीलनारायण मल्ललाई सुम्पेको बेला अर्कातिर गोरखाका राजा पृथ्वीनारायण शाह नेपालको एकिकरण गर्ने कार्यमा लागीरहेका थिए ।
तिब्बतसँगको व्यापार नुवाकोट जिल्लावाट चल्ने हुनाले कान्तिपुरका राजाले सिन्धुपाल्चोक र दोलखा समेत आफ्नो मातहतमा राखेका हुँदा तिब्बतको व्यापार आफ्नो हातमा पार्न पृथ्वीनारायण शाहले मुश्किल महशुस गरेका थिए । त्यसैगरी उनले दोलखालाई आफ्नो कब्जामा पार्ने योजना अनुरुप ठोसेको फलामखानी समेत अधिनस्थ गर्न दुधकोशी समेत कब्जामा लिएका थिए । उनले तुलाराम पाण्डे र कहरिसंह बस्न्यातका हातमा दोलखाली देशवार प्रधानहरुलाई "नालदुम पूर्व मेरो अम्बल भयो तिमी प्रजापात्र हौ मेरो हजुर्मा आओ तिम्रो रक्षा गरुलाू भनेर पत्र पठाएपछि दोलखालीहरुले माजुर गरे र गोरखा राज्य दुधकोशीसम्म विस्तार भयो । यसरी वि.सं. १८०३ सम्ममा नुवाकोट सिन्धुपाल्चोक र दोलखा पृथ्वीनारायण शाहको राज्य संचालन भित्र परिसकेका थिए ।
वि.सं. २००७ पूर्व र वि.स.२०१८ सालसम्म पनि पूर्व २ नम्वर गोश्वाराको प्रशासनिक इकाईको रुपमा रहेको दोलखालाई वि.सं. २०१८ सालमा देशलाइ १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि मात्र अलग जिल्लाको रुपमा अस्तित्वमा आएको पाइन्छ ।
प्रसिद्ध ठाउहरु
गौरिशंकर हिमाल्, च्छोरोल्पा हिमताल, प्रसिद्ध दोलखा भिमसेन मन्दिर, शैलुङ्गे डाँडा, खिम्ती जलविद्युत आयोजनाको पावर हाउस (किर्ने), म्याग्नेसाईट खानी (खरिढुङ्गा), चरिकोट्, जिरि, किर्नेटार् आदि ।
गाउ विकास समितिहरु
अलम्फू, बाबरे, भेडापु, भिमेश्वर, भीर्कोट, भुसाफेद, बिगु, बोचा, बुलुङ्ग, चङ्खु, चरिकोट, छेत्रपा, चिलाङ्खा, च्यामा, दाधपोखरी, डाँडाखर्क, फास्कु, गैरीमुडी, गौरीशकर, घाङ सुकाथोकर, हावा, जाफे, झुले, झ्याकु, जिरी, जुगु, काभ्रे, कालिञ्चोक, काटाकुटी, खारे, खुपाचागु, लादुक, लाँकुरी डाँडा, लामाबगर, लामिडाँडा, लापिलाङ, माझपौवा, मकैबारी, माली, मालु, मार्बु, माती, मेलुङ, मिर्गे, नाम्दू, ओराङ, पावती, सहरे, सैलुङ्गेश्वर, सुनखानी, सुन्द्रावती, सुरेती, सुस्मा छेमावती, श्यामा, ठूलो पाताल